काठमाडाैं– गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पार्क निर्माण सम्पन्न गरी सम्झौता विपरीत हस्तान्तरण गरेको अाराेप लागेकाे छ। संघले शंखमूलमा निर्माण गरेको ‘शंखमूल उद्यान’ ललितपुर महानगरपालिकालाई अक्टाेबर ११ तारिखमा हस्तान्तरण गरेको थियाे।
_x000D__x000D_
_x000D__x000D_
एनअारएन र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिबीच उद्यान निर्माण तथा सञ्चालन सम्बन्धमा २०७१ असार १३ गते सम्झौता भएको थियो। जसअनुसार नदीको बंगलामुखी जाने पुलको दायाँबायाँ, बायाँ तर्फको एन्फा फुटबल ग्राउण्डदेखि दायाँ काठे पुलसम्म र शंखमूलघाट अगाडिको जग्गामा उद्यान निर्माण गरिने सहमति भएकाे थियाे।
_x000D__x000D_
तर, सम्झौताविपरीत ललितपुर महानगरपालिकालाई उद्यान क्षेत्र हस्तान्तरण गरिएको बाग्मती सभ्यता एकीकृत विकास समितिका योजना प्रमुख आशिष घिमिरेले बताए।
_x000D__x000D_
उनले भने, ‘हामीले सम्झौता जसरी गरेका थियौँ, त्यो अनुरुप हामीलाई हस्तान्तरण भएन। यो विषयमा हामीले स्पष्टीकरण मागेका छौं, तर त्यो पनि अहिले आएको छैन। हस्तान्तरण भएको केही दिनमा हामीले एनआरएन पक्षसँग छलफल गर्दा पनि निष्कर्ष आएन।’ एनआरएनले उद्यान बनाउनु जायज भए पनि सम्झौताविपरीत काम गरेको घिमिरेले बताउँछन्।
_x000D__x000D_
उता संघले भने गल्ती नगरेको दाबी गर्दै आएको छ।
_x000D__x000D_
_x000D__x000D_
संघका महासचिव बद्री केसीले भने, ‘यसमा गलत बुझाइ भएको हो, हामीले स्थानीय रुपमा पार्कको उपभोग जसले गर्छ संरक्षणको जिम्मा पनि उनीहरुलाई नै दिने भन्ने सोचले ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेका हौँ। यो विषयमा त्रिपक्षीय सम्झौता हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।