काठमाडौं- आरपी गाउँले कविताकृति ‘अकविको घोषणापत्र’ लिएर आएका छन्।
_x000D__x000D_
एक दशकयता नेपाली कवितामा कलम चलाइरहेका गाउँलेको यो पहिलो कविताकृति हो। यसअघि उनका कविता विभिन्न पत्रपत्रिकामा फुटकर रुपमा प्रकाशित हुँदै आएका थिए।
_x000D__x000D_
स्थानीय भाषिकाका साथै उनका कवितामा अङ्ग्रेजी र संस्कृत भाषाको पनि सम्मिश्रण छ। सामाजिक, राजनीतिक विकृति र विसंगतिविरुद्ध कलम चलाउँदै आएका गाउँलेबारे प्रकाशकीयमा लेखिएको छ, 'उनका कवितामा समाजको भाषा र माटाको सुगन्ध आउँछ। उनको लेखनमा जति सरल हुनुपर्ने हो, त्यो नभएर जटिल बाटो पछ्याउन खोजेका छन्। उनका कविता पढ्दा कविता सरल र सुबोध मात्र हुँदैनन् भन्ने भान हुन्छ।'
_x000D__x000D_
४५ कविता संगृहीत पुस्तकलाई ओरेन्टियल पब्लिकेसनले छापेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।