वीर अस्पतालको हाम्रो विभागमा विशेषतः खोक्दा तथा हाच्छिउँ गर्दा पिसाब चुहिने, पिसाब रोक्न गाह्रो हुने, छिटोछिटो पिसाब लाग्ने लगायतका युरिनेटरी समस्या लिएर आउने धेरै छन्।
_x000D__x000D_
पिसाबको संक्रमण धेरैजसो यौन जीवनमा सक्रिय भएकाहरूका पाइएको छ महिनावरी रोकिएपछि पनि मूत्रनली सम्बन्धी समस्या आउन सक्छ। हार्मोनल परिवर्तनले संक्रमणहरू देखिन सक्छन्। पिसाब थैलीको ट्यमुर हुने पनि हुन्छ।
_x000D__x000D_
महिलाहरूमा पिसाबकाे संक्रमण बढ्दाे छ ।४० देखि ५० वर्षका महिलाहरूमा बढी मूत्रनलीको समस्या पाइएको छ । त्यसैगरी बढी बच्चा जन्माउने, सानै उमेरमा बच्चा जन्माउने, बच्चा जन्माउँदा लामो बेथा लागेकाहरूलाई पेल्भिक इन्फ्लामेटरी डिजिज लाग्ने हुन्छ । कतिपय महिलाहरू पायल्स तथा फिस्टुलाको समस्या पनि लुकाउने गरेका छन्।
_x000D__x000D_
महिलाहरूमा पिसाबको नली छोटो र फराकिलो हुन्छ भने पुरुषको चाहिँ लामो र साँगुरो हुन्छ। त्यसैले पनि सरसफाइमा ध्यान दिन जरुरी हुन्छ, संक्रमण बढ्न सक्छ । एक जनाभन्दा बढी पाटर्नरसँग सम्पर्क राख्दा संक्रमणको दर बढी हुन्छ । पिसाबनलीको मुखबाट पिसाबको थैली, किड्नीहरूमा संक्रमण पुग्छ।
_x000D__x000D_
भित्री वस्त्रहरू समयमा परिवर्तन गर्ने अनि आफ्नो यौन जीवनलाई अनुशासित तरिकाले अपनायौं भने यस्ता समस्याबाट बच्न सकिन्छ । रोग लागेको खण्डमा चाहिँ युरोलोजिस्ट र गाइनोसँग देखाइहाल्नुपर्छ।
_x000D__x000D_
- (युरोलोजिस्ट डा अनिल श्रेष्ठ वीर अस्पतालमा कार्यरत छन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।