सोची– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विस्तारका लागि तयार रहेको बताएका छन्।
_x000D__x000D_
रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्द्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन्।
_x000D__x000D_
रुस र चीनबीचको साझा चासोका साथै क्षेत्रीय विकास र विश्व शान्तिका लागि रुसले चीनसँग थप समझदारीका साथ अघि बढ्न चाहेको उनको भनाइ थियो।
_x000D__x000D_
चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरो सदस्य याङ जेइचीसँग शनिबार रुसमा भएको भेटवार्तापछि उनले यस्तो धारणा राखेका हुन्।
_x000D__x000D_
रुस र चीनबीचका सबै साझा सहमति र समझदारीहरुको कार्यान्वयन भइरहेको बताउँदै उनले भने, ‘हामी चीनसँग सबै तह र क्षेत्रमा नजिकको संवाद चाहन्छौँ र यसमार्फत थप समझ्दारीहरु विकसित हुदै जाउन् भन्ने चाहन्छौँ।’
_x000D__x000D_
त्यस अवसरमा राष्ट्रपति पुटिनले गत सेप्टेम्बर महिनामा रुसको भ्लादिभोस्तोकमा सम्पन्न इस्टर्न इकोनोमिक फोरममा सहभागी भएकोमा चिनियाँ राष्ट्रपति सि जिन पिङप्रति धन्यवाद पनि ज्ञापन गरे।
_x000D__x000D_
त्यस फोरममा दुवै देशका राष्ट्रपतिले आफ्नो द्धिपक्षीय हित, चीन र रुसबीचको साझा चासोका साथै आपसी समझदारी र क्षेत्रीय शान्ति र समृद्धिका क्षेत्रमा पनि महत्वपूर्ण कुराकानी गरेका याङले बताए।
_x000D__x000D_
साथै त्यस अवसरमा आगामी वर्ष मनाउन लागिएको चीन–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको कार्यक्रमलाई थप भव्य बनाउन उच्चस्तरीय कार्यक्रमहरुको आयोजना गरिने विषयमा पनि कुराकानी भएको उनले जानकारी दिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।