आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

Nepal Live

स्याङ्जा - धेरै मजदूरको लागि परिवार पाल्ने र घरखर्च चलाउने आम्दानीको स्रोत बनेको छ– आँधीखोला किनारमा रहेको बगर । आँधीखोलाको किनारमा बालुवा चाल्नुका साथै गिट्टी कुटेर धेरै मजदूरले आफ्नो परिवार पाल्दै र पर्व मनाउँदै आएका छन् । 
स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङकी २७ वर्षीया राधा विश्वकर्मा बाँयेटारी बजारस्थित आँधीखोलाको किनारमा बालुवा चालेर कमाएको पैसाले दशैँमा छोराछोरीलाई नयाँ कपडा किनीदिनुभएको छ । राधाका श्रीमान् वैदेशिक राजगारीको सिलसिलामा विदेशमा छन् । 


श्रीमानकाे कमाइको पैसा प्राप्तिको ठेगान नहुने भएकाले आफूले काम गरेर घर परिवारको खर्च चलाउँदै आएको बताइन । उनले भनिन् “श्रीमान्ले कहिले पठाउनु हुन्छ निधो हँुदैन गाउँघरमा दशैँको बेलामा अरुसँग माग्नभन्दा आफैँले कमाएर दशैँ मनाउन ठीक लागेर काम थालेको छु ।”  बिहानदेखि साँझसम्ममा एक ट्र्याक्टर बालुवा जम्मा गर्ने र एक ट्र्याक्टरको रु एक हजार २०० मा बिक्री गर्ने गरेको उनले बताए  । 

बोधिभञ्ज्याङकै सुमित्रा विकले पनि श्रीमान् विदेशमा भएको बताउँदै अरुसँग दुईचार पैसा के माग्नु भन्दै आफँैले दुःख गरेर कमाएर छोराछोरीको कापीकलम र घरखर्च चलाउनको लागि काममा आएको बताए  । श्रीमान्ले विदेशमा दुःख गरेर कमाएको पैसामा मात्रै भर परेर बस्नुभन्दा आफूले पनि सानोतिनो काम गरेर केही पैसा कमाउन सके परिवार पाल्न र छोराछोरीको पढाइ खर्च चलाउन सहयोग पुग्ने सोचेर खोला किनारमा काम गर्न आएको बताए  । 


वालिङ नगरपालिका–१२ स्थायी घर बताउने हाल ठूलाखेत बाँयेटारीमा बस्दै आउनुभएकी माया गुरुङले घरमा यतिकै बस्नुभन्दा काम गर्दा समय बितेको पनि थाहा नहुने र साथीसँग काम गर्दा रमाइलो हुने भएकाले काम गर्न आएको बताए । 
रासस 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार