काठमाडौं- आज महानवमी पर्व देशभर हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा गरी बलि दिएर मनाइँदैछ।
_x000D__x000D_
घटस्थापनाका दिनमा राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। दसैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बली दिइन्छ। साथै,दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तसतीपाठ गरिन्छ।
_x000D__x000D_
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ।
_x000D__x000D_
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबिज राक्षसलाई बध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।
_x000D__x000D_
कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेंडा र राँगाको पञ्चबली पनि चढाइन्छ। पशुबली नदिनेहरुले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि चढाउने गर्छन्।
_x000D__x000D_
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ।
_x000D__x000D_
दसैंको नवौं दिनको पूजा कसरी गर्ने भन्नेबारे पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष डा माधव भट्टराई यसो भन्छन्:
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।