काठमाडौँ– अवैधानिक रुपमा अमेरिका प्रवेश गर्नेहरु विरुद्ध अमेरिकी सरकारले कडा कदम चाल्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टुइट गर्दै संयुक्त राज्य अमेरिकामा गैर–कानुनी रुपमा प्रवेश गर्ने जो कोही व्यक्तिलाई आफ्नो देश भित्रा पठाउनुभन्दा पहिला गिरफ्तार गरेर हिसारतमा राख्ने चेतावनी दिएका छन्।
_x000D__x000D_
राष्ट्रपतिय निर्वाचनको दौरान पनि ट्रम्पले गैर–कानुनी रुपमा अमेरिकामा बसोबास गर्र्दै आएका आप्रावासीहरुलाई देश निकाला गर्ने बताएका थिए। अमेरिकामा अवैधानिक रुपमा प्रवेश गर्नेमा छिमेकी देश मेक्सिकोका मानिस धेरै भएको भन्दै ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने बताएका थिए।
_x000D__x000D_
राष्ट्रपति निर्वाचित भएपछि पनि विभिन्न समयमा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने बताए पनि ट्रम्पको प्रयासले मूर्तरुप लिएको छैन
_x000D__x000D_
अमेरिकामा गैर–कानुनी रुपमा प्रवेश गर्नेमा नेपालीहरु पनि रहेका छन्। पदैल मार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलाका मार्फत नेपालीहरु अमेरिका प्रवेश गर्ने गरेका छन्। यसरी अवैधानिक रुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या वार्षिक २ हजार भन्दा बढि रहेको एक अध्ययनले देखाएको छ। नेपालको नक्कलि राहदानी प्रयोग गरेर अन्य मुलुकमा मानिसहरु पनि अवैधानिक रुपमा अमेरिका प्रवेश गर्ने गरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
_x000D__x000D_
उनले भने,‘नेपालको नक्कलि रहादानीको प्रयोग गरेर अन्य मुलुकमा मानिसहरु पनि अवैध तरिकाले अमेरिका प्रवेश गर्ने गरेको पाइएको छ, त्यसैले गैर–कानुनी रुपमा कति नेपाली वार्षिक रुपमा अमेरिका प्रवेश गर्छन् वा गर्ने प्रयास गर्छन् भन्ने यकिन जानकारी छैन।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।