काठमाडौं–रानी पोखरीबाट करिब २ सय २० मिटर पश्चिम गयो भने एउटा पुरानो बजार आउँछ, असन।यो दरबारस्क्वायरको पूर्वोत्तर अवस्थित छ।
_x000D__x000D_
असन बजार परापूर्वकालदेखि नैअन्य बजार भन्दा भिन्न भएको मानिन्छ। असन धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक केन्द्रको रुपमा पनि परिचित छ।
_x000D__x000D_
चाडबाडको माहोल बढेसँगै असन आसपासको रुप पनि फेरिने गर्छ। सर्वसाधारणमा दसैंको रौनक थपिएसँगै असनमा किनमेलको रौनक पनि उतिकै बढ्छ।
_x000D__x000D_
विशेषगरी चाडबाडको समयमा यहाँ सर्वसाधारणको घुइँचो लाग्छ। उसो त अन्य समयमा पनि सर्वसाधाण किनमेल गर्न आउँछन्।
_x000D__x000D_
_x000D__x000D_
लैन चौर स्थायी घर भएकी शान्ति सापकोटा सामान किनमेल गर्न असन बजारमै आउँछिन्।
_x000D__x000D_
खाद्यान्नदेखि लत्ताकपडा लगायत सम्पूर्ण चिज सहज रुपमा पाइने हुनाले असन बजारमै उनको मन डुलिरहन्छ।उनी भन्छिन्, ‘मेरो घर असनदेखि टाढा पनि छैन त्यसैले अरुबेला पनि सपिङका लागि असनमै आउँछु।’
_x000D__x000D_
दसैंको लागि किनमेल गर्न आएकी शान्ति यहाँको सामानमा गुणस्तर भएको विश्वास राख्छिन्।उनी जस्तै बानेश्वरकी सुस्मिता तामाङ पनि दसैं सपिङका लागि असनमा आइपुगिन्।
_x000D__x000D_
सुस्मिताका लागि पनि शान्तिलाई झैं असन किनमेलको लागि सहज गन्तब्य हो।
_x000D__x000D_
उनीभन्छिन्, ‘किनमेलका लागि अन्य ठाउँ पनि छ।तर, असनमा आवश्यक पर्ने सबैै सामान सहज मूल्यमा पाइन्छ।’
_x000D__x000D_
यहाँ नजिक घर भएका सर्वसाधरण मात्र आउँदैनन्। टाढा घर भएका र दशैंमा घर जाने योजनामा भएका पनि असनमा नै किनमेल गर्न आउँछन्।
_x000D__x000D_
डल्लु बस्दै आएकी गोरखाकी अस्मिता लामा पनि किनमेलको क्रममा भेटिइन्। सुपथ मूल्यमा स्तरीय सामान पाइने भएकाले उनी असनमा किनमेल गर्न आउँछिन्। उनीभन्छिन्,‘ अरु बेला पनि म किनमेलका लागि यहीँ आउँछु। असन मेरो किनमेलको केन्द्र हो।’
_x000D__x000D_
_x000D__x000D_
व्यापारीको पनि किनमेलको केन्द्र बनेको छ असन। चाबहिल घर भएका ज्ञानु पैजु कपडा व्यापारी हुन्। उनी कपडा किन्नका लागि असन आएकाथिए। सहज मूल्यमा आवश्यक सामान पाइने भएकाले यहाँ आएको पैजुले बताए।
_x000D__x000D_
कम मूल्यमा स्तरीय सामान पाउने भएकोले उनको पनि किनमेलको उपयुक्त केन्द्र असन बनेको छ।
_x000D__x000D_
उनीभन्छन्, ‘यहाँ पसल र परिवार दुवैका लागि स्तरीय सामान पाइन्छ, त्यसैले किनमेल गर्न म असन धाउँछु।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।