भैरहवा– दसै लागेसँगै अस्ट्रिच चराको मासुको माग बढेको छ। अस्ट्रिच चराको मासु स्वास्थ्यको लागि लाभदायक र फरक स्वाद रहेकोले पनि माग बढेको हो।
_x000D__x000D_
दसैंअघि दैनिक २ टन बजारमा खपत हुँदै आएको अस्ट्रिच चराको मासु अहिले दैनिक ५ टनसम्म खपत भइरहेको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले जानकारी दिए। उनले बजारमा दैनिक ५ टन मासु खपत भइरहेपनि पोखरा लगायतका ठूला सहरहरुमा माग अनुसारको मासु पुर्याउन नसिकएको बताए।
_x000D__x000D_
उनले दसैंमा उपभोक्तालाई स्वादिष्ट मासु सहज रुपमा उपलब्ध गराउने उद्देश्यले दैनिक ५ टन मासु उत्पादन गरी बजारमा पठाइरहेको जनाए।
_x000D__x000D_
रुपन्देहीको तिलोत्तमा नगरपलिका–१७ मा रहेको कम्पनीले दसैंलाई लक्षित गरी अस्ट्रिचको भुटुवा, हड्डीसहित र हड्डी बिनाको गरी तीन प्रकारको मासु बजारमा पठाइरहेको सञ्चालक शर्माले बताए।
_x000D__x000D_
_x000D__x000D_
मासु आफ्नै फार्ममा रहेको स्तरीय बधशालामा काटेर ‘प्याकेजिङ’ गरी बजारमा पठाउने गरेको कम्पनीको दाबी छ। कम्पनीलेको मासु देशका प्रमुख सहरहरु बुटवल, भैरहवा, काठमाडौं, दाङलगायतका स्थानमा पठाउने गरेको छ।
_x000D__x000D_
विशेष गरी ठूलासाना डिपार्टमेन्टल स्टोर, मार्टहरु र केही फ्रेस हाउसमा पनि मासु सहजै पाइने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
_x000D__x000D_
कम क्यालोरी, कोलेस्ट्रोलको मात्रा निकै कम हुनु, बोसो नहुने, भिटामिन प्रशस्त पाइने भएकाले पनि अस्ट्रिचको मासु अन्य मासुजन्य पदार्थभन्दा निकै स्वास्थ्यबद्र्धक हुने सञ्चालक शर्माले दाबी गरे। यसमा ओमगा (भिटामिन) ३, ६ र ९ पाउने भएकोले शरिरमा भएको बोसो घटाउनसमेत मद्दत पुग्ने उनको भनाइ छ।
_x000D__x000D_
_x000D__x000D_
व्लडप्रेसर, मुटुका रोगीहरूलाई पनि अस्ट्रिचको मासु निकै लाभदायक हुने चिकित्सकहरु बताउँछन्। अस्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ। रुपन्देहीसँगै दाङको विजौरीमा समेत अस्ट्रिच पालन गर्दै आएको कम्पनीले दसैंको लागि भन्दै मासु खान मिल्ने ६ हजार अस्ट्रिच चराहरु तयारीमा राखेको शर्माले बताए।
_x000D__x000D_
हड्डीबिनाको मासु प्रतिकेजी १ हजार ५ सय ९० रुपैयाँ र हड्डीसहितको मासु प्रतिकेजी ९ सय ७० रुपैयाँका दरमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
_x000D__x000D_
सञ्चालक शर्माका अनुसार २०६५ सालमा ४० करोड रुपैयाँको लागतमा सुरु गरेको अस्ट्रिच चराको व्यावसायीक पालनमा अहिले २ अर्ब लगानी पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।