काठमाडौं– दसैंकाे टिकाकाे दिन सार्वजनिक सवारीसाधन न्यून चल्ने भएकाेले नेपाली सेनाले निःशुल्क यात्रु बसकाे सेवा दिने भएकाे छ।
_x000D__x000D_
सैनिक जनसम्पर्क निर्देशनालयले कात्तिक २ गते टीकाका दिन सैनिक तथा गैह्रसैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्याउन यात्रु बस सञ्चालनमा ल्याउन लागेको हो।
_x000D__x000D_
नेपाली सेनाले भद्रकालीबाट उपत्यकाका विभिन्न ८ वटा रुटमा ३० सिट क्षमताका १/१ वटा बस निःशुल्क सञ्चालन गर्ने छ। बस सेवा बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे सञ्चालन गर्ने नेपाली सेनाले जनाएकाे छ।
_x000D__x000D_
यस्ता छन् रुट:
_x000D__x000D_
(क) रुट नं. १ - भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क।
_x000D__x000D_
(ख) रुट नं. २ - भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर।
_x000D__x000D_
(ग) रुट नं. ३ - भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली।
_x000D__x000D_
(घ) रुट नं. ४ - भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चावहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली।
_x000D__x000D_
(ङ) रुट नं.५ - भद्रकाली, थापाथली, कुपन्डाेल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहिदगेट।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।