भैरहवा– दसैं–तिहार नजिकिँदै गर्दा रुपन्देहीको भैरहवा, बनगाई, बेथरी, मर्चवार लगायत स्थानमा भगवानको मूर्ति बनाउनेहरु व्यस्त हुने गरेका छन्। यस्तै व्यस्त हुने एक हुन्, वैजनाथ प्रजापति।
_x000D_
_x000D_भैरहवाको गल्लामण्डीस्थित रामदेव मूर्ति कला केन्द्रका सञ्चालक हुन् उनी। उनको घर रुपन्देहीको कोटहीमाई गाउँपालिका– ७ कटैयामा पर्छ। आफ्नो पुर्खाको पेसालाई जोगाउकै लागि कामलाई निरन्तरता दिएको बताउँछन् उनी।
_x000D__x000D_
उनका अनुसार आपतकालीन अवस्थामा एउटा भगवानको मूर्ति बनाउनका लागि २४ घन्टा लाग्ने गरेको छ। नभए, आनन्दले ३÷४ दिनमा एउटा मूर्ति तयार हुन्छ। यस वर्षको दसैंको लागि उनले २८ वटा भगवान्का ठूला मूर्ति बनाएका छन्।
_x000D__x000D_
_x000D__x000D_
उनलाई यस कार्यमा उनको ठूलो छोराले साथ दिएका छन्। अन्य छोराहरु खेतीपाती गर्छन्। उनको परिवार ठूलो छ। श्रीमती, छोरा, नाति, नातिनी गरी १६ जना छन्। यही पेसाबाट आफ्नो परिवारको गुजारा चलाउने गरेको उनले सुनाए। उनी भन्छन्, ‘भगवानको मूर्ति बनाएरै १६ जनाको परिवार राम्रैसँग चलाएको छु। नाति–नातिनाहरुलाई निजी आवसीय विद्यालयमा राम्ररी पढाएको छु। यसैमा सन्तुष्ट छु।’
_x000D__x000D_
_x000D__x000D_
तर मूर्तिमा मेहनतअनुसार फाइदा नहँुदा भने उनको मन अलि खिन्न हुन्छ। मूर्ति बनाउनका लागि माटोदेखि वस्त्रसम्म खरिद गर्नुपर्दा धेरै खर्च हुन्छ, सरकारले केही सहुलियत पनि दिएको छैन। उनले भने, ‘ग्राहकले राम्रो अनि सस्तो खोज्छन्, थोरै मात्र नाफा खाएर पनि दिनुपर्दा खासै फाइदा हुँदैन। यही वर्षको लागि बनाएको मूर्ति अहिले बिक्री नभए आफ्नो लगानी मात्र अड्किन्छ, त्यसैले खासै फाइदा नभए पनि बिक्री गर्नुपर्ने बाध्यता छ।’
_x000D__x000D_
_x000D__x000D_
घरपरिवारबाट टाढा विदेशमा गएर रकम कमाउनुभन्दा आफ्नै परिवारसँग बसेर नुन र रोटी खानु ठिक भन्दै उनी स्वदेशमै काम गर्न रुचाउने गरेको बताउँछन्। उनले आफ्नो परिवार चलाउनुका साथै कलाकेन्द्रमा चार जनालाई रोजगारी समेत दिएका छन्।
_x000D__x000D_
_x000D__x000D_
उनले स्वदेशमै भारतभन्दा न्यून मूल्यमा मूर्ति पाइने गरे पनि भारतबाट महँगो मूल्यमा मूर्तिहरु आयात भएकोमा दुःख व्यक्त गरे। नेपालमा ३५ हजार रुपैयाँमा पाइने मूर्ति भारतमा ४० हजार भारु (६४ हजार नेपाली रुपैयाँ) पर्ने गरे पनि भारतमा सस्तोमा पाइने मनोविज्ञानका कारण अधिकांश नेपाली भारत जाने गरेको उनले बताए।
_x000D__x000D_
_x000D__x000D_
राज्यको स्पष्ट कानुनको अभावमा मूर्ति खरिदको नाममा वर्षेनि लाखौं रुपैयाँ विदेशिएको देख्दा उनी चित्त दुखाउँछन्। भारतबाट मूर्ति आयात हुँदा नेपाली कलाकार पनि मारमा परेको बताउँदै उनले स्वदेशीलाई प्रवर्द्धन गर्नका लागि सरकारले भारतबाट मूर्ति आयतमा रोक लगाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।