याङ्गुन– म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ।
_x000D__x000D_
म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
_x000D__x000D_
म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरीत भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ।
_x000D__x000D_
अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन्।
_x000D__x000D_
_x000D__x000D_
पक्राउ पर्नेमा इलेवेन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन्। उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए।
_x000D__x000D_
इलेवेन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन तथा प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D__x000D_
यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पक्राउ परेका पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले जानकारी दिए।
_x000D__x000D_
_x000D__x000D_
यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो। राज्यको कानुन उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिइएको थियो।
_x000D__x000D_
अदालतले सजाय दिएका ती पत्रकारहरूले रोहिङ्ग्या शर्णार्थीबारे रिपोर्टिङ गर्दै आएका थिए। उनीहरूले रोहिङ्ग्याहरूको सामूहिक हत्याबारे अनुसन्धानमूलक समाचार प्रकाशन गरेका थिए।
_x000D__x000D_
नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री सुकीको समर्थनमा भएका पछिल्ला गतिविधिले विश्वभरी नै उनका आलोचक बढ्दै गएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।