काठमाडौं– चिनी उत्पादक संघले पाँच दिन भित्र किसानहरुको बक्यौता रकम तिर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ।
_x000D__x000D_
चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिनभित्र किसानको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन्।
_x000D__x000D_
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबार बसेको बैठकमा उनले चिनीको बक्यौता रकम तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी साल्ट ट्रडिङमार्फत् खरिद गर्ने व्यवस्था गर्नुपर्ने सर्त पनि अघि सारेका छन्।
_x000D__x000D_
अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी बिक्री हुँदा आफूहरुले किसानहरुलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाए। किसानको १ अरब ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ।
_x000D__x000D_
संघले चिनीको मूल्य वृद्धि नभएको दाबी पनि गरेको छ। गत वर्ष प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिएको चिनीको मूल्य यस वर्ष ५७ रुपैयाँ कायम गर्दा पनि विरोध गरिएको अध्यक्ष अग्रवालको गुनासो छ। अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य सस्तो भएपछि स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गर्नु परेको पनि समितिलाई स्पष्टीकरण दिए।
_x000D__x000D_
बैठकमा उपसमितिका सदस्यहरुले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकको चर्को आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।