पोखरा– बाहिरबाट सिमेन्टले लेपन गरेको २ तले घर। सेतो रंगमा स–साना झ्याल र टिनको छानो। गोठमा भैंसी। घरको एक कुनामा दिवंगत छोरी श्रीयाको फोटो। फोटोबाट टाढा नगएकी श्रीयाकी आमाका आँखामा अझै आँशु थामिएको थिएन। सबै परिवार सदस्यका आँखा सपनाविहीन थिए तर आँशुले भरिपूर्ण।
_x000D__x000D_
दृश्य थियो, श्रीयाको मृत्युपछिको छैठौं दिनको। बलात्कारपछि हत्या गरिएकी पोखरा २२, कोदीकी १० वर्षीया श्रीया सुनार परिवारलाई सोमबार प्रदेश सभा सांसद राजीव पहारीलगायतको टोलीले भेट गरेका छन्। आफैंले भोट दिएर जिताएका जनप्रतिनिधि आँगनमा आउँदा श्रीयाकी आमा बेलुमाया सुनारले रुँदै भनिन्, ‘त्यसलाई पनि हाम्री छोरीलाई गरेजस्तै सजाय दिनुपर्छ।’ त्यसपछि भक्कानिइन्। बाँकी बोल्न उनलाई गाह्रो पर्यो बोलिनन्, आँसु झारिरहिन्। वरिपरिका सबै मानिसले पनि केही बोल्न सकेनन्।
_x000D__x000D_
गण्डकी प्रदेश सांसद पहारीले बेलुमायाका विलौना सुनिसकेपछि दोषीलाई कारबाही गर्न फाँसीको व्यवस्था गर्न संसदमा माग गर्ने बताए। उनले भने, ‘देशमा बलात्कार, हत्याजस्ता जघन्य अपराध बढिरहेका छन्। यी सबै घृणित कार्य गर्ने फाँसीको माग गर्दै प्रदेश सभा कुरा राख्छु।’ उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने आश्वासन सुनार परिवारालाई दिए।
_x000D__x000D_
संसद पहारीले श्रीयाको हत्यारा २४ घन्टाभित्रै पक्राउ पर्नुमा प्रहरीको सक्रियता रहेको बताए। ‘अपराध गरेर अपराधी भाग्न सक्दैन। प्रहरीले सक्रियता नदेखाएको भए कञ्चनपुरमा जस्तो महिनौं दिनसम्म अपराधी पत्ता लाग्न सक्दैनथ्यो,’ उनले भने, ‘कास्की प्रहरीले अपराधी पत्ता लगाउने मात्रै होइन। प्रमाण नष्ट हुन नदिन पनि पूर्ण रुपमा सचेतता अपनाएको छ।’ श्रीया हत्या काण्डका अभियुक्त विरुद्ध सबै प्रमाण जुटिसकेको दाबी उनले गरे।
_x000D__x000D_
‘तपाईंहरुलाई अपराधी अदालतमा गएर बोली फेरेर भाग्ने पो हो कि भन्ने पनि लाग्न सक्छ,’ उनले भने, ‘त्यसको चिन्तै लिनुपर्दैन, सबै प्रमाण पुगिसकेको छ। दोषीलाई हदैसम्मको कारबाही हुन्छ।’
_x000D__x000D_
जिल्ला प्रहरी कास्कीका एसपी ओम रानाले श्रीया हत्याकान्डको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको जानकारी दिए। ‘अनुसन्धानको सम्पूर्ण प्रतिवेदन र प्रमाण सरकारी वकिल कार्यालयमा बुझाइसकेका छौं,’ उनले भने, ‘अब अदालतको फैसला अनुसार पौडेललाई कानुनी कारबाही हुन्छ।’
_x000D__x000D_
पोखरा–२२ कोदी कै २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले श्रीया बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको छ।
_x000D__x000D_
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाबासी सम्पूर्णलाई प्रहरीले अभिभावक भएर सुरक्षा दिने बताए। ‘सबैलाई बराबर सुरक्षाको प्रत्याभूति दिइरहेका छौं। तर यति हुँदाहुँदै पनि बेलाबेलामा अकल्पनीय घटना हुन्छन्,’ उनले भने। श्रीया सुनारको परिवारलाई सहयोग गर्न राज्यबाट पहल भइरहेको जानकारी उनले दिए।
_x000D__x000D_
सिडिओ बुढाले कुनै पनि घटनाको समयमै सूचना दिनसके अपराध कम हुने विचार राखे। उनले भने, ‘समयमै हामीले खबर पायौं भने सुरक्षाकर्मी परिचालन गर्न पनि सजिलो हुन्छ,’ उनले भने। पीडामा पीडा थप्ने गरी आन्दोलन गर्नेभन्दा अनुसन्धानलाई प्रभाव नपर्ने गरेर सुरक्षा निकायलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे।
_x000D__x000D_
पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले श्रीया सुनारलाई सहयोग गर्न वडाबाट माथिल्लो निकायमा प्रयत्न गरिरहेको सुनाए। उनले गाउँलेलाई सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षाकर्मीको व्यवस्था गर्नसमेत माग गरे। ‘सुरक्षा व्यवस्था बढाइ पाऊँ’ भनेर सम्बन्धित मन्त्रालयमा चिठी पठाइसकेका छौं,’ उनले भने। श्रीयाको दिदीभाइको पढाइका लागि पनि प्रयास गरिरहेको उनले जानकारी दिए।
_x000D__x000D_
श्रीया परिवारलाई आर्थिक सहयोग
_x000D_सोमबार श्रीयाको काजक्रियाको छैठौं दिनमा पुगेको गण्डकी प्रदेश सांसद राजीव पहारी, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको टोलीले उनको परिवारलाई अािर्थक सहयोग गरेको छ। प्रदेश सांसद पहारीको नेतृत्वमा गएको टोलीले श्रीया परिवारलाई ३० हजार रुपैयाँ सहयोग गरेको हो।
_x000D__x000D_
सांसद पहारीले १० हजार र प्रहरी टोलीले २० हजार रुपैयाँ सहयोग गरेका थिए। सहयोग रकम सांसद पहारीले श्रीयाकी आमा बेलुमाया सुनारलाई हस्तान्तरण गर्दै वडा विकास समितिलाई पनि आर्थिक सहयोगको व्यवस्था गर्न निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।