काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बिहान बस्ने भएको छ।
_x000D__x000D_
आइतबार अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण स्थगित भएपछि सोमबार बिहानका लागि तय भएको हो।
_x000D__x000D_
अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्षद्वयको कार्यव्यस्ताका कारण सोमबार सचिवालयको बैठक बस्ने जानकारी दिए।
_x000D__x000D_
बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ। बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ।
_x000D__x000D_
केही दिनपहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो। असोज ५ गते बसेको सचिवालय बैठकमा माधवकुमार नेपाल अनुपस्थित थिए। आफू अफ्रिका रहेका बेला महत्त्वपूर्ण निर्णय गरिएको नेपालले बताइरहेका थिए। आफू अफ्रिकाबाट फर्किएपछि जिम्मेवारी तोक्ने सहमति अध्यक्ष केपी ओलीसँग भए पनि त्यसविपरीत निर्णय गरिएको भन्दै उनले असन्तुष्टि सार्वजनिक गर्दै आएका छन्।
_x000D__x000D_
केहीअघिको संसद बैठकमा माधव नेपालले सरकारको पनि आलोचना गरेका थिए।
_x000D__x000D_
नेकपाका प्रदेश समितिले जिल्ला तहमा पार्टी संयन्त्रलाई सक्रिय बनाउन र एकताको वातावरण बनाउन आवश्यक निर्देशनसमेत दिइसकेको छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।