राजकोट- टेस्ट क्रिकेटमा भारतले अहिलेसम्मकै ठूलो जित हात पारेको छ। भारतले राजकोटमा भएको वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा १ इनिङ र २ सय ७२ रनले पराजित गर्दै अहिलेसम्मकै फराकिलो अन्तरको जित हात पारेको हो।
_x000D__x000D_
यसअघि टेस्ट क्रिकेटमा भारतको फराकिलो अन्तरको जित अफगानिस्तानविरुद्ध थियो। गत जुनमा बैंगलुरुमा भएको टेस्टमा भारतले अफगानिस्तानलाई १ इनिङ र २ सय ६२ रनले हराएको थियो।
_x000D__x000D_
शनिबार तेस्रो दिनमै भारतले जित हात पार्ने क्रममा वेस्ट इन्डिजलाई दोस्रो इनिङमा १ सय ९६ रनमै अलआउट गर्योत। उसका लागि केइरन पावेलले सर्वाधिक ८३ रन जोडे। अन्य ब्याटसम्यान २० रन भन्दा कम स्कोरमा आउट भएका थिए। दोस्रो इनिङमा बलिङमा भारतका कुलदीप यादवले ५ र रविन्द्र जडेजाले ३ विकेट लिए।
_x000D__x000D_
पहिलो इनिङमा वेस्ट इन्डिज १ सय ८१ रनमै अलआउट भएपछि फलो अनमा परेको थियो। पहिलो इनिङमा वेस्ट इन्डिजका लागि रोस्टन चेजले सबैभन्दा बढी ५३ रन बटुले। बलिङमा भारतका रविचन्द्रन आस्विनले ४ विकेट लिएका थिए।
_x000D__x000D_
पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको गुमाएर ६ सय ४९ रन बनाएर इनिङ समाप्ती घोषणा गरेको थियो। भारतका लागि डेब्यू गरेका पृथ्वी साले १ सय ३४ रन, कप्तान विराट कोहलीले १ सय ३९ रन र रविन्द्र जडेजाले १ सय जोडेका थिए। चेतेश्वर पुजाराले ८६ र रिशव पन्तले ९२ रनको योगदान दिएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।