काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले निर्वाचनमा पराजित भएर आएको शक्तिले हारलाई सहजै नस्विकार्ने भएकोले परिर्वतनलाई संस्थागत गर्नका लागि चुनौती थपिएको बताएका छन्।
_x000D__x000D_
रौतहट–काठमाडौं सम्पर्क मञ्चले दसैं, तिहार र छठको शुभकामना आदान प्रदान गर्न आयोजित कार्यक्रममा प्रचण्डले वर्तमान समय नेकपासँग प्रचुर सम्भावनाको समय रहेको बताए।
_x000D__x000D_
ठुला परिघटनापछि बन्ने सरकारमा सम्भवनासँगै चुनौती पनि उत्तिकै आउने बताए। संविधान परिर्वनशील दस्तावेज भएकाले परिमार्जित हुँदै जाने बताए।
_x000D__x000D_
संविधान सभाको चुनाव हुनु, संविधान बन्नु तथा कम्युनिष्ट दलकाे एकिकरण हुनु सामान्य परिघटना नभएको औंल्याउँदै दुरगामी महत्वका परिघटना भएको जनाए।
_x000D__x000D_
सांस्कृतिक धरोहरका रुपमा रहेका हाम्रा पर्वहरुको जगेर्ना गर्नु सबैको दायित्व हुने उनले बताए।
_x000D__x000D_
प्रचण्डले नेपाली सांस्कृतिक पर्वहरु फरक फरक समुदायले पनि मनाउँदै जानु नेपाली विशेषता भएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।