राजविराज– द्वन्द्वको समयमा विस्थापित भएका सप्तरी र सिरहाका छोटी भन्सार कार्यालय अझै पुनर्स्थापित हुन सकेका छैनन्। कार्यालय पुनर्स्थापित नहुँदा राजस्व चुहावट बढेको छ।
_x000D__x000D_
सप्तरीमा आयात–निर्यातलाई व्यवस्थित बनाउन तिलाठी–कोइलाडी गाउँपालिका– १ वेलहीमा मुख्य भन्सार कार्यालयसहित ७ वटा छोटी भन्सार कार्यालय स्थापना गरिएको थियो। माओवादी जनयुद्धका समयमा असुरक्षाको कारण देखाउँदै बननियाँ, श्वर्णपट्टि, कोदरकट्टि, हनुमाननगर, गोविन्दपुर, वेलही मौवाहा र औरही (पातो) मा छोटी भन्सार कार्यालय विस्थापित भए।
_x000D__x000D_
माओवादी शान्ति प्रक्रियामा आएर पटक–पटक सरकारमा पुगिसक्दा पनि ती भन्सार कार्यालय अहिलेसम्म पुनर्स्थापित हुन सकेका छैनन्।
_x000D__x000D_
वेलही मौवाहा र औरही (पातो) का २ वटा छोटी भन्सार कार्यालय मात्र हालसम्म सञ्चालनमा आएको राजविराज भन्सार कार्यालय सप्तरीका प्रमुख रामराज प्रसाद चौरसीयाले बताए।
_x000D__x000D_
छोटी भन्सार पुनर्स्थापित नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी बढेको छ। यसबाहेक नेपाल–भारत सीमा क्षेत्रको करिब ७८ किलोमिटर दूरीमा तस्करहरुले ठाउँ–ठाउँमा नयाँ नाका तयार गरेर पनि तस्करी गरिरहेको स्थानीय बताउँछन्।
_x000D__x000D_
सिरहामा पनि उस्तै
_x000D_यसैगरी, द्वन्द्वकालमै विस्थापित सिरहाका छोटी भन्सार कार्यालय पनि पुनर्स्थापित हुन सकेका छैनन्।
_x000D__x000D_
सिरहामा माडरस्थित जिल्ला भन्सार कार्यालय बाहेक सिखाज्योती, औरही, बरियारपटृी, झाझपटिृ, नार्गी र ठाडीमा छोटी भन्सार कार्यालय स्थापित थिए।
_x000D__x000D_
द्वन्द्वकालमा अधिकांश छोटीभन्सार कार्यालय विस्थापित भए। द्वन्द्व सकिएको एक दशक नाघिसक्दासमेत झाँझपट्टी, शिखाज्योति, औरही र लगडी गदियानीस्थित छोटी भन्सार कार्यालय पुर्नस्थापित हुन सकेका छैनन्।
_x000D__x000D_
छोटी भन्सार कार्यालय पुनर्स्थापित नहुँदा राजस्व संकलन प्रभावित हुँदै आएको छ। द्वन्द्वकालमै विस्थापित भएकामध्ये ठाडी र बरियारपट्टी छोटी भन्सार कार्यालय भने पुर्नस्थापित भइसकेका छन्।
_x000D__x000D_
झाँझपट्टी, औरही, शिखाज्योतिलगायत नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको समान चोरी निकासी भइरहेको स्थानीयबासी बताउँछन्।
_x000D__x000D_
के–के हुन्छ तस्करी
_x000D_भारतबाट नेपाल ल्याइने सामानमा कपडाको मात्रा बढी छ। त्यसबाहेक मोटरपार्ट्स, खाद्यान्न, जुत्ताचप्पल, शृंगार, विद्युतीय सामान, बालुवा, ढुंगा,स्याउ, काठ र मरिच चोरी पैठारी हुने गरेको छ। घरायसी समान किन्नेको आडामा तस्करी मौलाएको छ र यस्ता काममा महिला निकै सक्रिय छन्।
_x000D__x000D_
यसैगरी, नेपालबाट चाइनिज स्याउ, सुपारी, रक्तचन्दन, पेट्रोलियम पदार्थ र मदिरा भारत निर्यात हुने गरेको छ।
_x000D__x000D_
केही समय अघिसम्म प्रतिबन्धित गाँजा, सुपारी र रक्त चन्दनसमेतको भारत निकासी व्यापक थियो। तर, केही समयदेखि सुपारी, गाँजा र रक्तचन्दनका कारोबारी भने पक्राउ पर्न छोडेका छन्।
_x000D__x000D_
कार्यालय स्थापनाका लागि अध्ययन
_x000D_सप्तरीका जिल्ला भन्सार प्रमुख चौरसीया र सिराहाका राजेन्द्र हमाल दुवैले आवश्यक कर्मचारी नहुँदा कार्यालय पुनर्स्थापना गर्न नसकिएको बताएका छन्।
_x000D__x000D_
यसैगरी, तत्कालीन अवस्थामा छोटी भन्सार कार्यालय रहेका स्थानमा भारततर्फ भन्सार कार्यालय नभएकाले पनि तत्कालै कार्यालय स्थापना गरिहाल्ने अवस्था नरहेको उनीहरुले जानकारी दिए।
_x000D__x000D_
छोटी भन्सार कार्यालय पुनर्स्थापनाका लागि हाल भन्सार विभागले नै अध्ययन गरिरहेकाले आवश्यक्ता अनुसार कार्यालय स्थापना हुँदै जाने राजविराज भन्सार कार्यालयका प्रमुख चौरसियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।