धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको अभिव्यक्तिका कारण आफूहरुको जिउ-ज्यान असुरक्षित भएको भन्दै प्रदेश सांसदले प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएका छन्।
_x000D__x000D_
प्रदेश ७ का २२ जना सांसदले बिहिबार जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलाई ध्यानाकर्षण गराउँदै वड र उनका सहयोगीलाई पक्राउ गरी कारबाही गर्नका साथै आफूहरुको सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्।
_x000D__x000D_
'बुधबार संसद चलिरहदा संसद भवन अगाडि ‘संसद भवन २४ घन्टाभित्र खाली नगरे उडाई दिन्छु' भन्ने अभिव्यक्ति मेयर वडले दिएका थिए। 'सत्तापक्षका संसदको घर खोजी-खोजी जलाई दिनु र भौतिक आक्रमण गर्नु’ भनेकोले शान्ति सुरक्षामा खलल पुग्ने, हुलदंगा हुन सक्ने, अपुरणीय क्षति हुन सक्ने खतरा बढेको भन्दै प्रदेश सांसदले प्रजिअ समक्ष ज्ञापनपत्र बुझाएका हुन्।
_x000D__x000D_
वडले भड्किलो अभिव्यक्ति दिएकाले धनगढीमा सांसद्, सांसद्को परिवार, घर, डेरा र संसद् भवनमा कुनै पनि घटना भए सोको जिम्मेवारी मेयर वडले लिनुपर्ने माग सांसदले गरेका छन्। संसद्लाई डर, धाक, धम्की, त्राससमेत दिएर आफ्नो पदीय आचरण र मर्यादा विपरीत अमानवीय ढंगले प्रस्तुत भई सत्ता पक्ष र संसदलाई सामाजिक र मानसिक दबाब दिएको उजुरीमा उल्लेख छ।
_x000D__x000D_
सांसद् लिलाधर भट्टले मेयर वडको अभिव्यक्ति आतंककारी जस्तो भएको बताए। उनले वडको अभिव्यक्ति लोकतन्त्र विरुद्ध रहेको बताए। वडले अापराधिक शब्द प्रयोग गरी धनगढीमा साम्प्रदायिक दंगा भड्काउने अभिव्यक्ति दिएको हुनाले सांसद्हरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताए।
_x000D__x000D_
सांसदले मुलुकी अपराध संहिता ऐन २०७४ भाग २ परिच्छेद १ को दफा ५८ अनुसार मेयर वडलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। सांसदले मेयर वड विरुद्ध कारबाहीको लागि संसद्मा समेत निवेदन दिने तयारी गरेका छन्।
_x000D__x000D_
गोदावरी ४ तेघरीमा प्रदेश ७ को स्थायी राजधानी बनाउने प्रस्तावको विरुद्धमा धनगढी नै स्थायी राजधानी हुनुपर्ने माग गरी नेपाली कांग्रेस निकट युवाले गरेको प्रदर्शनको नेतृत्व गर्दै मेयर वडले बुधबार संसद भवन अगाडि उक्त अभिव्यक्ति दिएका थिए।
_x000D__x000D_
मेयर वड मलेसिया भ्रमणका लागि आजै काठमाडौं पुगेका छन्। उनी आजै मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जनाएको छ।
_x000D__x000D_
सांसदको उजुरी बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आफ्नो च्यानलबाट वड विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने र सुरक्षा व्यवस्था मिलाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।