काठमाडौं– काठमाडौं उपत्यकामा विशेष रुपमा मनाइने इन्द्रजात्राका अवसरमा सोमबार वसन्तपुरको वातावरण अन्य दिनको भन्दा भिन्न थियो। हजारौं काठमाडौंवासीको उपस्थिति, लाखे नाच, पुलुकुसीको रौनक पनि हेर्न लायकको देखिन्थ्याे।
_x000D__x000D_
वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ गरी मनाइने यस जात्रामा राष्ट्रप्रमुखको उपस्थितिले विशेष अर्थ राख्ने गरेको छ। सोहिकारण पनि राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी थिइन्।
_x000D__x000D_
राष्ट्रपति भण्डारीले मुख्य दिन सोमबार साँझ हनुमानढोका गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन्।
_x000D__x000D_
_x000D__x000D_
त्यस अवसरमा कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु पनि इन्द्र जात्रा समारोहमा सहभागी भएका थिए। इन्द्रजात्राको अवलोकन गर्नुअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ गरेकी थिइन्।
_x000D__x000D_
शुक्रबारबाट सुरु भएको काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन सोमबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ। यसैदिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्राको अवलोकन गर्ने परम्परा रहिआएको छ।
_x000D__x000D_
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर गत शुक्रबार इन्द्रजात्राको सुरुवात गरिएको थियो। भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए।
_x000D__x000D_
_x000D__x000D_
यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ। सात दिनसम्म मनाइने इन्द्र जात्रामा विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाचको रौनक पनि भिन्दै थियो। हजारौं काठमाडौंवासीको सहभागिता रहने यो पर्वलाई धार्मिक तथा सांस्कृतिक परम्पराका रुपमा मनाइँदै आइएको छ।
_x000D__x000D_
यसै अवसर पारेर सरकारले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको थियो।
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।