काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेश ७ का ईञ्चार्ज भीम रावलले जिल्ला र स्थानीयस्तरको पार्टी एकता प्रक्रिया छिट्टै पूरा हुने बताएका छन्।
_x000D__x000D_
सोमबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ईञ्चार्ज रावलले जिल्ला समितिको नाम सिफारिस गर्दा करिब करिब अन्तिम बनाएर पठाएको हुनाले प्रदेश ७ मा जिल्ला र स्थानीयस्तरको एकता प्रक्रिया छिट्टै टुंगिने बताए। उनले केन्द्रीय समितिबाट आएको सुझाव अनुसार केही हेरफेर मात्रै गर्न मात्र बाँकी रहेको उल्लेख गरेका छन्।
_x000D__x000D_
संघीयता नयाँ प्रयोग भएकाले सरकारलाई काम गर्न जटिल रहेको बताउँदै नेता रावलले सरकारले केही काममा अलमल समेत पर्न गएकोले प्रदेश सरकारहरुले सुस्त गतिमा काम गरिरहेको भान पर्न गएको हुनसक्ने बताए। उनले प्रदेश सरकारहरुले संरचना बनाउने, कानुन बनाउने र प्रयोग गर्दै जानुपर्ने स्थितिमा उनीहरुको काममा आलोचना गरिहाल्नुपर्ने स्थिति नरहेको समेत स्पष्ट पारे।
_x000D__x000D_
निर्मला पन्त बलात्कार तथा हत्याको घटनाको दोषी पत्ता लगाई कारबाही गर्न सरकारले निर्देशन दिइसकेको बताउँदै नेता रावलले दोषीलाई कारबाही हुनेमा आफू विश्वस्त रहेको बताए।
_x000D__x000D_
सोही पत्रकार सम्मेलनमा उपस्थित नेकपाका बरिष्ठ नेता लेखराज भट्टले आफूले पार्टीको कुनै जिम्मेवारी नपाएकोमा आफ्नो कुनै गुनासो नरहेको बताएका छन्। उनले पार्टीले पद तथा जिम्मेवारी बाँडफाँडमा कुनै पक्षपात नरहेको समेत बताएका छन्।
_x000D__x000D_
उनले हाल भएको पार्टीको नियुक्ति महाधिवेशनसम्मका लागि मात्रै भएकाले पदमा आफू नभएपनि उत्तिकै जिम्मेवार भएर काम गरिरहेको बताए।
_x000D__x000D_
सरकार पार्टी निर्देशित नै हुने भएकोले पार्टीबाट आएको निर्देशनले सरकार चल्ने गरेको बताए। पार्टीको निर्देशनलाई सरकारमाथि पार्टीको हस्तक्षपका रुपमा बुझ्न नहुने समेत नेता भट्टले अनुरोध गरे।
_x000D__x000D_
नेकपाले पार्टीको प्रदेशस्तरीय पद तथा जिम्मेवारी बाँडफाँड गरिसकेपछि पार्टीको प्रदेशस्तरीय बैठक आजबाट धनगढीमा शुरु भएको छ। बैठकमा नेकपा नेता, सांसद तथा मन्त्रीको समेत सहभागिता छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।