काठमाडौं- संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन्।
_x000D__x000D_
समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो। एकल उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भीमसेनदास प्रधानले जानकारी दिए।
_x000D__x000D_
यसअघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका कर्णले समितिको काममा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। समितिले आफूलाई निर्विरोध निर्वाचित गरेको उल्लेख गर्दै समितिका निर्णय पनि सर्वसम्मत हुने विश्वास पनि व्यक्त गरे।
_x000D__x000D_
समितिको बैठकमा समितिका सदस्यले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समिति उदाहरणीय हुने विश्वास व्यक्त गरेका थिए। समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको काम उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गरे।
_x000D__x000D_
सभापतिमा निर्विरोध निर्वाचित भएका कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समिति सदस्य पूर्णकुमारी सुवेदीले समिति परिपक्व रुपमा अघि बढ्ने विश्वास व्यक्त गरिन्।
_x000D__x000D_
नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभा सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।