काठमाडौँ– बिहीबारबाट सुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका राष्ट्रहरुको प्रयास (बिम्स्टेक) सम्मेलनका लागि विदेशी पाहुना आउन थालिसकेका छन्। सरकारले सम्मेलनको तयारी सकिएको बताए पनि बाटामा देखिने ब्यानरहरुले भने सरकारको तयारीलाई गिज्याइरहेको छ।
बिम्स्टेकमा सहभागी राष्ट्रहरुको नाम अंग्रेजी भाषाको वणानुक्रमअनुसार क्रमिक रुपमा हुनु पर्नेमा सडकमा राखिएका व्यानरहरुमा त्यस्तो पाइँदैन। क्रमानुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोपछि म्यानमारका राष्ट्रपति विन मिन्टको फोटा हुनुपर्नेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखिएको छ।
देशकाे नाममा समेत वणानुक्रमलाई अाधार मानिएकाे देखिँदैन। वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड हुनुपर्ने हुन्छ। तर ब्यानरमा भने भारतपछि नेपालकाे नाम राखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।