काठमाडौं– सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै फेरि पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएको छ। यसअघि नै अदालतमा उनीविरुद्ध आगजनी मुद्दा दायर भएको थियो।
गत महिना बेलकोटगढीमा स्काभेटर आगजनी गरेको आरोपमा उनलाई फरार प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको थियो। सोही मुद्दामा अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी बसन्त कुँवरले बताए।
सो आगजनी मुद्दामा १६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। जसमा सो पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’लाई समेत अदालतले वारेन्ट जारी गरीसकेको छ। विप्लवलाई अन्य भोजपुर लगायत अन्य जिल्लाबाट समेत वारेन्ट जारी भएको छ।
यसअघि काभ्रेको क्रसरमा आगजनी गरेको मुद्दा काभ्रेमा चलिरहेको अवस्थामा सर्वाेच्चले बिहीबार प्रकाण्ड’लाई छाड्न आदेश दिएको थियो। उनको पक्राउ मुलुकी संहिताको प्रावधानअनुसार नभएको भन्दै छाड्न आदेश दिइएको थियो।
सर्वाेच्च अदालतबाट निस्किएलगत्तै उनी फेरि पक्राउ परेका थिए।
उता विप्लवले बिहीबार मात्र बिज्ञप्ती जारी सरकारले आफ्ना नेता कार्यकतालाई पक्राउ गरी बेपत्ता गरेको र त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।