काठमाडौं– सर्वाेच्च अदालतको आदेशमा छुटेका नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन्। अर्काे मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो। सर्वाेच्चबाट निस्किएलगत्तै उनी पक्राउ परेका हुन्।
क्रसर आगजनी मुद्दामा काभ्रेले उनलाई गत शुक्रबार सर्वाेच्चबाट निस्किएलगत्तै पक्राउ गरेको थियो। भाेजपुर र काभ्रेमा एनसेलको टावरमा तोडफोडको अर्काे मुद्दामा उनी पक्राउ परेका हुन्।
सुरुमा प्रहरीले उनलाई चन्दा मुद्दामा पक्राउ गरेको थियो। सो मुद्दामा अदालतले उनलाई छाड्न आदेश दिएको थियो। काभ्रेको क्रसर उद्योगमा आगजनी मुद्दामा पनि उनको पक्राउ कानुनसंगत नभएको भन्दै सर्वाेच्चले बन्दीप्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।