काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि लागू भएको मुलुकी अपराध तथा देवानी संहिता ऐन संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। ऐनमा कमजोरी भएको हुनसक्ने भन्दै उनले त्यसलाई संशोधन गर्न सरकार तयार रहेको बताए।
नयाँ ऐन लागू भएको अवसर कानून मन्त्रालयले सिंहदरबारको गद्दी बैठक अगाडि आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन्।
कार्यक्रमा उनले नयाँ ऐनका बारेमा भ्रम पैmलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
नयाँ ऐनको कतिपय प्रावधानको विभिन्न क्षेत्रबाट चर्काे आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।