काठमाडौं– गृह मन्त्रालयले प्रदेश नम्ब्र ६ र ७ का प्रहरी प्रमुख सरुवा गरेको छ। प्रदेश नम्बर ६ मा डिआइजी महेश बिक्रम शाह तथा प्रदेश नम्बर ७ मा सुरज केसीलाई पठाइएको छ।
यसअघि प्रदेश नम्बर ६ का प्रमुख रहेका डिआइजी सुरेशबिक्रम शाहलाई तालिम निर्देशनालयमा सरुवा गरिएको छ।
प्रदेश नम्बर ७ का डिआजी शरद चन्दले गत महिना अवकाश पाएका थिए।
त्यस्तै डिआजी धिरु बस्नेतलाई सुरक्षा सेवा निर्देशनालयमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।