काठमाडौं– सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक)को आसन्न चौंथो शिखर सम्मेलनको तयारीलाई तिव्रता दिएको छ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको बैठक बसेको छ। बैठकले विमस्टेक शिखर सम्मेलनको नारा, घोषणा पत्र तयारीलगायतको कामलाई अन्तिम रुप दिएको छ।
सदस्य राष्ट्रहरुबीच लगानी र व्यापार प्रवद्र्धन हुने गरी संगठनलाई प्रभावकारी बनाउने गरी सम्मेलनको तयारीको कामलाई अन्तिम रुप दिइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बैठकपछि जानकारी दिए।
बैठकमा प्रधानमन्त्री एवम् विमेस्टेक शिखर सम्मेलन मूल तयारी समितिका अध्यक्ष ओलीले सम्मेलनलाई ध्यानमा राखेर काठमाडौंको सडकको मर्मतको कामलाई तीव्रता दिन सचेत गराएका छन्।
सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरु आउने भएकाले सडकको उचित व्यवस्थापन गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन पनि दिनु भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेकको चौंथो शिखर सम्मेलन हुँदैछ। सम्मेलनले तयारीलाई तीव्रता दिन मूल तयारी समिति र त्यस अन्र्तगतका विभिन्न उपसमितिहरु बनाएको छ। सम्मेलनलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण योगदान दिने गरी तयारीको कामलाई अघि बढाइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका छन्।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका ५ देशका सरकार प्रमुखहरु नेपाल आउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।