जुम्ला– डा गोविन्द केसीलाई जबरजस्ती काठमाडौं लैजान खोज्ने क्रममा गोली चलेको छ। गोली लागेर एक प्रहरी नै घाइते भएका छन्।
प्रहरीलाई छातीमा गोली लागेको थियो। भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयास गरेको थियो। एक प्रहरीले गोली समेत चलाएका थिए।
डा केसीलाई सरकारले जबरतस्ती काठमाडौैं ल्याउन खोजेपछि तनाव भएको हो।
प्रहरीले चलाएको गोली झुक्किएर अर्का प्रहरीलाई लागेको हो। माथिल्लो निकायको निर्देशनमै गोली चलाएको हो वा भुलबश गोली चलेको खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।