काठमाडौं– नेपाली कांग्रेससँग विद्रोह गरेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफूलाई उम्मेदवार भएपछि धेरै पैसा,धम्की देखि ठूला पदको लोभ समेत आएको तर आफू सतिसाल झै उभिएको दावी गरेका छन् ।
यसअघि धम्कीदेखि पैसाको अफर आउने कुरा आफ्ना अग्रज नेताहरुले भनेका सुनेकाे बताउँदै उनले आफूले पनि भोगेको बताए। अहिले भरतपुरका ८० प्रतिशत जनता आफ्नो पक्षमा उभिएको दाबी गर्दै भरतपुर विकास नै आफ्नो एकमात्र लक्ष्य भएको दाबी गरे। सर्वप्रथम भरतपुरको नक्सा तयार गरेर विकासको मोडल बनाउने उनले बताए। छिटो भन्दा छिटो विकासको गति दिनका लागि काम गर्ने दाबीसमेत उनले गरे।
कुनै कर्मचारीले भ्रष्टाचार गरे त्यही कारबाही गर्ने उनकाे भनाइ छ। उनले गठबन्धन आफ्नो आफ्नो स्वार्थपूर्तिका लागि भएको दाबी गरे। अब हजार जना उभिने भएकाले कति जनलाई कांग्रेसले कारबाही गर्ने भनी प्रश्न गरे।छोरी बुहारीको पछि हामी किन लाग्ने भन्दै गठबन्धनप्रति प्रश्न गरे। उनले नेताहरुलाई यही प्रश्न सोधेको दाबी गरे।
उनले भरतपुरका जनताले जित्न अब भुइँकटहरमा मात्र मत दिनुपर्ने बताए। ‘यो देशको साख र इज्जत राख्नका लागि काम गर्नु भएको भनेर शुभकामना दिनु भएको छ,’ उनले भने, ‘राजनीतिक रुपमा भिन्न विचार राख्नेहरुले पनि हौसला दिनु भएको छ।’
नेकपा एमालेका युवाहरुले पनि इमानको खडेरी परेको समयमा तपाईहरु खरो उत्रिनुभएको भनेर हौसला दिएको उनले बताए। ‘एमालेका युवाहरुले पनि मान्छे हेर्छौ अनि मत दिन्छौं भनेर भन्नु भएको छ। क्षमता हेरेर मत हाल्ने भनेर मलाई हौसला दिनु भएको छ,’ उनले भने, ‘अहिले सञ्चारमाध्यमले पनि हामीलाई महत्व दिएका छन्।’
उनले आफू धन कमाउन मेयरको उम्मेदबार नभएको र हुन पनि नचाहेको बताए। ‘मैले छोराछोरी पाल्नु छैन। मलाई पैसा कमाउनु छैन, तर परिस्थितिले फेरl मलाई मैदानमा खडा हुन वाध्य बनाएको छ,’ उनले भने, ‘विगतमा पनि हामीले माअोवादीलाई सहयोग गरेकै हो। उम्मेदबारी खोसेर मत च्यातेर पनि तत्कालीन समयमा केहीले जित हात पारे तर अब यस्तो हुँदैन।’
यो अग्नि परीक्षामा को सफल हुने र को असफल हुने कुरा अव वैशाख ३० मा भरतपुरका जनताले साथ दिने भन्दै उनले आफूले यो लडाइँमा खुट्टा नकमाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।