काठमाडौं– मधेश प्रदेशका एक जना राज्यमन्त्री थपिएका छन्। मुख्यमन्त्री लालबाबु राउतले आइतबार नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र राय यादवलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त राज्यमन्त्री यादवलाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी दिइएको छ।नवनियुक्त राज्यमन्त्री यादवलाई आइतबार बिहान एक कार्यक्रमबीच मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। राज्यमन्त्री यादव रौतहट ३ ‘क’ बाट निर्वाचित भएका हुन्।
सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार उनी राज्यमन्त्री बनेका हुन्। यसअघि एकीकृत समाजवादीबाट शत्रुधन महतो उद्योग, पर्यटन तथा वनमन्त्री र प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री नियुक्त भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।