काठमाडौं– यस सता नेप्से परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ।
नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४ दशमलब ७७ अंकले घटेर अन्तिम दिन १२ सय १८ दशमलब ४६ अंकमा पुगेको छ।
यस साता नेप्सेमा १ सय ९० कम्पनीहरुको कारोबार भएको छ। जसअनुसार १ अर्ब १२ करोड ३१ लाख १ हजार रुपैयाँ बराबरका ४९ लाख ६१ हजार १ सय १० कित्ता सेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ३४ दशमलब ७२ प्रतिशत कम हो।
गत साता १ सय ८६ कम्पनीहरुको कारोबार भएको थियो। जस अनुसार १ अर्ब ७२ करोड ५ लाख ६६ हजार रुपैयाँ बराबरका ४८ लाख ६८ हजार ७० कित्ता सेयर खरिद बिक्री भएका थिए।
समूहगत परिसूचकको उतारचढावः
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ दशमलब ९६ अंकले घटेर २५५ दशमलब ७५ अंकमा आइपुगेको छ।
सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरुः
यस साता कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ। बैंकको ७ करोड ३३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा मेगा बैंक नेपाल अग्रस्थानमा रहेको छ। बैंकको २ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।