काठमाडौं– बालकृष्ण ढुङ्गेल रिहा भएको, वर्षौंसम्म द्वन्द्वकालीन मुद्दाको सम्बोधन नभएको र अन्य अपराधहरुमा कानुनको पालना नभएको भन्दै सरकारको आलोचना भइरहे पनि सरकारको कानुनी शासन भने दक्षिण एसियामै अब्बल देखिएको छ।
वर्ल्ड जस्टिस प्रोजेक्टले विश्वका ११३ देशमा गरेको अध्ययनमा नेपाल दक्षिण एसियाकै पहिलो नम्बरमा परेको हो।
उक्त अध्ययन प्रतिवेदन अनुसार नेपाल विश्वको ५८औं स्थानमा छ। अफगाननिस्तान १११, पाकिस्तान १०५ , बङ्गलादेश १०२ र भारत ६२औं स्थानमा रहेका छन्।
विश्वमा युरोपियन र दक्षिण अमेरिकन देश अग्रस्थानमा छन्। डेनमार्क पहिलो नम्बरमा छ भने नर्वे दोस्रोमा रहेको छ।
सरकारको अधिकार, फौजदारी न्याय प्रणाली, मौलिक हक, खुल्ला सरकार, सुरक्षा र कानुनी प्रत्याभूतिलाई मापन आधार मानिएको छ। अफ्रिकन देशमा घाना पहिलो रहेको छ। इस्ट एसियामा अस्ट्रेलिया र न्युजिल्यान्ड, मध्य एसियामा जर्जिया र ल्याटिन अमेरिकामा मोरक्को पहिलो नम्बरमा रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।