काठमाडौं– सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको मंगलबार दाहसंस्कार हुने भएको छ। न्युरो अस्पताल बाँसबारीका अनुसार विद्युतीय मेसिनबाट उनको दाहसंस्कार हुनेछ।
श्रद्धाञ्जलीका लागि उनको शव बिहान ८ देखि १ बजेसम्म न्युरो अस्पतालको प्रांगणमा राखिने अस्पतालले जनाएको छ।
डा देवकोटाको काजकिरिया श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्नेछन्। काजकिरिया ७ दिनमा सकिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।