कैलाली– ७ नम्बर प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा न्यून बजेट विनियोजन गरिएको स्थानीय तहले गुनासो गरेका छन्।
प्रदेश ७ का अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश सरकारले बजेटमा अपेक्षा गरे अनुसार रकम नदिएको गुनासो गरेका छन्। संघीय सरकारबाट आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट कटौती गरेर आएपछि प्रदेश सरकारबाट पूर्ति हुने अपेक्षा गरेका स्थानीय जनप्रतिनिधिहरु प्रदेशको बजेटबाट निराश भएका छन्।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भने, ‘संघीय सरकारले बजेट कटौती गरेर पठाउँदा प्रदेश सरकारबाट पूर्ति हुने अपेक्षा लिएका थियौं, तर त्यो भएन।’
नगर प्रमुख वडले स्थानीय तहप्रति प्रदेश सरकार गम्भीर नभएको गुनासो गरे।
संघीय सरकारबाट आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका स्थानीय तहहरूमा दुई करोडदेखि नौ करोड रुपैयासम्म कटौती गरेर आएपछि प्रदेश सरकारबाट क्षतिपूर्ति हुने स्थानीय तहका जनप्रतिनिधिहरूले अपेक्षा गरेका थिए। तर, प्रदेश सरकारको बजेटमा स्थानीय तहलाई वित्तीय समानीकरणतर्फ ६६ लाखदेखि एक करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ।
प्रदेश सरकारले स्थानीय तहका लागि वित्तीय समानीकरणतर्फ जम्मा ६२ करोड रुपैयाँ विनियोजन गरेको छ। एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेको प्रदेशमा सबैभन्दा बढी बजेट कैलाली जिल्लाका स्थानीय तहका लागि विनियोजन गरिएको छ।
एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलाली जिल्लाको स्थानीय तहका लागि प्रदेश सरकारले जम्मा १० करोड २४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै, कञ्चनपुरमा ६ करोड ८४ लाख ८८ हजार, डोटीमा ६ करोड १२ लाख ५२ हजार, अछाममा ६ करोड ८७ लाख ५२ हजार, डडेल्धुरामा ४ करोड ५ लाख ७ हजार, बझाङमा ८ करोड १५ लाख ८१ हजार, दार्चुलामा ६ करोड ८ लाख ७३ हजार, बाजुरामा ६ करोड सात लाख २१ हजार तथा बैतडी ६ करोड ८५ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकाका लागि प्रदेश सरकारले १ करोड चार लाख २१ हजार रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै, गोदावरी नगरपालिकाका लागि ८४ लाख १३ हजार, गौरीगंगा नगरपालिकाका लागि ७८ लाख ३८ हजार, घोडाघोडी नगरपालिकाका लागि ८४ लाख २९ हजार, टीकापुर नगरपालिकामा ८५ लाख ११ हजार, भजनी नगरपालिकामा ७५ लाख ८९ हजार तथा लम्कीचुहा नगरपालिकाका लागि ८३ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, कैलारी गाउँपालिकाका लागि ७५ लाख ८० हजार, चुरे गाउँपालिकामा ६६ लाख ६० हजार, जानकी गाउँपालिकामा ७५ लाख ८५ हजार, जोशीपुर गाउँपालिकामा ७२ लाख ८४ हजार, बर्दगोरिया गाउँपालिकामा ७० लाख ३२ हजार र मोहन्याल गाउँपालिकामा ६७ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ।
७ नम्बर प्रदेशका स्थानीय तहमा गरिएको बजेट जिल्लागत विवरणः
जिल्ला बजेट (रु. हजारमा)
बाजुरा ६०,७२१
बझाङ ८१,५८१
डोटी ६१,२५२
अछाम ६८,७५२
दार्चुला ६०,८७३
बैतडी ६८,५६३
डडेल्धुरा ४०,५०७
कञ्चनपुर ६८,४८८
कैलाली १०२,४५०
जम्मा ६१३,१८७
कुन स्थानीय तहमा कति बजेटः
स्थानीय तह बजेट (रु. हजारमा)
बाजुरा जिल्ला ६०७२१
स्थानीय तह
त्रिवेणी नगरपालिका ६८२०
बडिमालिका नगरपालिका ६७२९
बुढिगंगा नगरपालिका ६९१५
बुदिनन्दा नगरपालिका ६७९९
गौमुल गाउँपालिका ६६०९
खप्तड छेडेदह गाउपालिका ६८३३
पाण्डव गाउँपालिका ६६८२
स्वामिकार्तिक खापर गाउँपालिका ६७४५
हिमाली गाउँपालिका ६५८९
बझाङ जिल्ला ८१५८१
स्थानीय तह
जयपृथ्वी नगरपालिका ६८९२
बुंगल नगरपालिका ७२७२
केदारस्यू गाउँपालिका ६४५७
काँडा गाउँपालिका ६८९६
खप्तड छान्ना गाउँपालिका ६७३१
छविसपाथिभेरा गाउँपालिका ६८०८
तलकोट गाउँपालिका ६६८३
थलारा गाउँपालिका ६८३४
दर्गाथली गाउँपालिका ६७५४
मष्टा गाउँपालिका ६७७५
बित्थडचिर गाउँपालिका ६८२५
सूर्मा गाउँपालिका ६६५४
डोटी जिल्ला ६१२५२
स्थानीय तह
दिपायल सिलगढी नगरपालिका ७२८२
शिखर नगरपालिका ६९७६
आदर्श गाउँपालिका ६७७३
केआई सिंह गाउँपालिका ६७३०
जोरायल गाउँपालिका ६६६९
पुर्विचौकी गाउँपालिका ६७६२
बुडिकेदार गाउँपालिका ६६७३
बोगटान गाउँपालिका ६६८२
सायल गाउँपालिका ६७०५
अछाम जिल्ला ६८७५२
स्थानीय तह
कमलबजार नगरपालिका ६७७२
पञ्चदेवलविनायक नगरपालिका ६९९०
मंगलसेन नगरपालिका ७०२८
साँफेबगर नगरपालिका ७०४७
चौरपाटी गाउँपालिका ६९६४
ढकारी गाउँपालिका ६७४०
तुर्माखाँद गाउँपालिका ६७७९
बान्नीगडीजयगढ गाउँपालिका ६७०४
मेल्लेख गाउँपालिका ६७७४
रामारोशन गाउँपालिका ६९५४
दार्चुला जिल्ला ६०८७३
स्थानीय तह
महाकाली नगरपालिका ६९२१
शैल्यशिखर नगरपालिका ६९५१
अपिहिमाल गाउँपालिका ६५४६
दुहु गाउँपालिका ६७२८
नौगाड गाउँपालिका ६७६६
मार्मा गाउँपालिका ६७८२
मालिकार्जुन गाउँपालिका ६८२२
लेकम गाउँपालिका ६८१३
ब्याँस गाउँपालिका ६५४४
बैतडी जिल्ला ६८५६३
स्थानीय तह
दशरथचन्द नगरपालिका ७२४७
पुर्चौडी नगरपालिका ६७९७
पाटन नगरपालिका ७३२८
मेलौली नगरपालिका ६७७१
डिलासैनी गाउँपालिका ६७७४
दोगडाकेदार गाउँपालिका ६७८०
पञ्चेश्वर गाउँपालिका ६७२८
शिवनाथ गाउँपालिका ६७१६
सुर्नया गाउँपालिका ६७२३
सिगास गाउँपालिका ६६९९
डडेल्धुरा जिल्ला ४०५०७
स्थानीय तह
अमरगढी नगरपालिका ६७००
परशुराम नगरपालिका ७१९०
अजयमेरु गाउँपालिका ६६५१
आलिताल गाउँपालिका ६६३६
गन्यापधुरा गाउँपालिका ६६३१
नवदुर्गा गाउँपालिका ६७०४
कञ्चनपुर जिल्ला ६८४८८
स्थानीय तह
कृष्णपुर नगरपालिका ७७८८
पनर्वास नगरपालिका ७६५९
वेदकोट नगरपालिका ७५८२
बेलौरी नगरपालिका ७६४३
भीमदत्त नगरपालिका ९४७४
महाकाली नगरपालिका ७३४५
शुक्लाफाँटा नगरपालिका ७५४१
बेलडाँडी गाउँपालिका ६७६३
लालझाँडी गाउँपालिका ६६९३
कैलाली जिल्ला १०२४५०
स्थानीय तह
धनगढी उपमहानगरपालिका १०४२१
गोदावरी नगरपालिका ८४१३
गौरीगंगा नगरपालिका ७८३८
घोडाघोडी नगरपालिका ८४२९
टीकापुर नगरपालिका ८५११
भजनी नगरपालिका ७५८९
लम्की चुहा नगरपालिका ८३९३
कैलारी गाउँपालिका ७५८०
चुरे गाउँपालिका ६६६०
जानकी गाउँपालिका ७५८५
जोशीपुर गाउँपालिका ७२८४
बर्दगोरिया गाउँपालिका ७०३२
मोहन्याल गाउँपालिका ६७१५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।