काठमाडौं– नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको कारोबार खुलेको छ। संस्थाको सेयर कारोबारको लागि नेप्सेले सुरुवाती मूल्य १ सय ३ रुपैयाँ ९३ पैसादेखि ३ सय ११ रुपैयाँ ८१ पैसा दिएको थियो।
लघुवित्तले जेठ २३ गते बुधबार ६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको थियो। यसमध्ये एक लाख ८० हजार कित्ता साधारण सेयर (आइपिओ) रहेको थियो। नेपाल सेवाले गत बैसाख १२ गतेदेखि १६ गतेसम्म चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्काशन गरेको थियो।
उक्त सेयरमध्ये ९ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र ३ हजार ६ सय कित्ता सेयर लघुवित्त कम्पनीका कर्मचारीलाई छुटाइएको थियो।
गत बैसाख २३ गते सामूहिक लगानी कोष र कर्मचारीलाई छुटाएर बाँकी रहेको एक लाख ६७ हजार ४ सय कित्ता सेयर १६ हजार ७ सय ४० जना आवेदकलाई गोलाप्रथाबाट जनही १० कित्ताका दरले बाँडफाँड गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।