काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेका छन्। काठमाडौं–तराई दु्रतमार्ग निर्माणमा भएको प्रगतीबारे जानकारी लिन उनी सैनिक मुख्यालय पुगेका हुन्।
रक्षामन्त्री ईश्वर पोखरेलसहित ओलीलाई सेनाले दुत्रमार्ग निर्माणमा भइरहेको प्रगतीबारे ब्रिफिङ गरेको छ।
काठमाडौंलाई तराई जोड्ने सबैभन्दा छोटो सडकमार्ग निर्माणको जिम्मेवारी सरकारले सेनालाई दिएको थियो। ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा पहिलोपटक सरकारले सो सडकका लागि बजेट छुट्याएको थियो। ७६ किलोमिटर लामो सो सडकखण्डको निर्माण कार्य भर्खरै सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।