काठमाडौं– नेप्सेमा एकैदिन २ करोड ३ लाख ९० हजार ५३ कित्ता सेयर सूचीकृत भएको छ। मंगलबार एकैदिन एक वाणिज्य बैंकसहित ४ कम्पनीको सेयर सूचीकृत भएको हो।
सिद्धार्थ बैंकको ६८ लाख २६ हजार १ सय १७ कित्ता सेयर सूचीकृत भएको छ। त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर र १९ लाख ८३ हजार १ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
मल्टिप्रपोज फाइनान्स कम्पनीको १ लाख ६४ हजार ७ सय ३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। बेष्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८ सय ५० कित्ता हकप्रद सेयर मंगलबारै सूचीकृत भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।