काठमाडौं- चीन सरकारले सहयोग गर्न लागेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार चीन उड्ने भएको छ।
निगम स्रोतका अनुसार सोमबार मे १० अर्थात् वैशाख २७ गते सोबार राति साढे ११ बजे वाइडबडी बेइजिङ प्रस्थान गर्नेछ।
४०० वटा सिलिन्डर र २० वटा भेन्टिलेटर लोड गरी निगमको वाइडबडी जहाज ११ तारिख अर्थात् वैशाख २८ गते काठमाडौं आइपुग्नेछ।
चीनले सहयोग गर्ने बाँकी सिलिन्डर भने पछि क्रमश: आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।