काठमाडौं– रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर(आइपिओ) बाँडफाँट भएको छ। ७६ हजार ४ सय ४० जना आवेदकले १० कित्ताका दरले आइपिओ पाएका छन्।
कम्पनीको आइपिओमा कुल १ लाख ७५ हजार २ सय ७८ जनाको आवेदन स्वीकृत भएको थियो।
रैराङले बैसाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपिओमध्ये ३३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता ‘म्युचुअल फन्ड’लाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४ सय कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो।
कम्पनीले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासीलाई ५ लाख ६० हजार कित्ता आइपिओ बिक्री गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।