काठमाडौं– फिल्म 'जय शम्भु'को फस्टलुक्स सार्वजनिक भएको छ। फिल्म युनिटले पहिलो प्रचार सामग्री स्वरुप फिल्मको पोस्टर सार्वजनिक गरेको हो।
एक्सन कलाकार प्रशान्त ताम्राकार, अभिनेता अनुपविक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्मको एक्सन र प्रेमभाव झल्काउने २ वटा पोस्टर सार्वजनिक गरिएको हो।
पोस्टरमा अनुप र वर्षाबीचको प्रेमभाव तथा प्रशान्त र अनुपविक्रमबीचको एक्सन लुक्स प्रस्तुत गरिएको छ।
एक्सन अभिनयमा चिनिएका २ कलाकार प्रशान्त र अनुपको भूमिका नायक या खलनायक भन्ने खुलाइएको छैन। आगामी भदौ १ गते देशव्यापी प्रदर्शनको मिति तय गरेको फिल्मलाई रुपेस तामाङले निर्देशन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।