काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी(जसपा)लाई सबै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्नुपर्ने बताएका छन्।
जसपा स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वैकल्पिक शक्तिको रुपमा स्थापित पार्टीको रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा प¥याउनुपर्ने बताएका छन्।
‘जनता समाजवादी पार्टी स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता अभियन्ता, समर्थक र जनसमुदायमा हार्दिक वधाई तथा शुभकामना । हिमाल पहाड तराई मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सबै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पु¥याऔं’ डा भट्टराईले लेखेका छन्।
तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच १० वैशाख २०७७ मा एकीकरण हुँदै जसपा स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।