काठमाडौं– निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गीत सार्वजनिक भएको छ। सरोज पोखरेलको संगीत, अन्जु पन्त र सुगम पोख्रेलको गायनमा रहेको गीतमा निर्देशक चौलागाईकै शब्द रहेको छ। फिल्मको सार्वजनिक गीतमा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम र नायक समुन्द्र पण्डितको अभिनय रहेको छ।
फिल्म आउँदो साउन २५ गतेबाट प्रदर्शनमा आउनेछ।
‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नवनायक समुन्द्र पण्डित र ठिलेन लामासँगै राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्म पत्रकार धमलाको प्रस्तुतिमा बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।