एकीकरणपछि नयाँ पार्टी दर्ताका लागि निवेदन- नाममा लाग्यो 'अन्डरलाइन'

Nepal Live

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले एकीकरणपछिको पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी' रहने निर्णय गरेका थिए। तर निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अर्काे पार्टी दर्ता भएकाले सोही नाममा अन्डरलाइन राखेर नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीको नाममा दर्ताका लागि निवेदन दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टीको नाममा ऋषि कट्टेलको अध्यक्षतामा दल पहिले नै दर्ता भइसकेकाले नाममा अन्डरलाइन गरेर निवेदन दर्ता गरिएको हो। निर्वाचन आयोगका अधिकारीहरुले सोही नाममा अर्काे पार्टी दर्ता गर्न नमिल्ने बताएपछि नाममा अन्डरलाइन गरिएको हो। 

दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा सहअध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु आयोग पुगेका थिए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार