काठमाडौं- पार्टी एकताको घोषणाबारे एकता संयोजन समितिको बैठकको प्रस्तावलाई अनुमोदन गर्न छुट्टाछुट्टै बैठक बसेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समिति बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। एमालेको केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएपछि संयुक्त बैठक सुरु भएको हो।
एकता प्रक्रियामा रहेका दुवै दलले आजै छुट्टाछुट्टै बैठकबाट आ-आफ्नो पार्टी विघटन समेत गरेका छन्।
संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ।
पार्टी एकीकरणपछि आज साँझ बालुवाटारमा भोजको कार्यक्रम राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।