काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको नवौं केन्द्रीय परिषद् सम्पन्न भएको छ।
बैसाख ३१ गतेबाट सुरु भई जेठ १ गतेसम्म भक्तपुरमा सञ्चालित परिषद्ले रिक्त रहेका विभिन्न पदमा पदपूर्ति गरेको छ।
बैठकले अध्यक्षमा हेमराज सुवेदी, वरिष्ठ उपाध्यक्षमा रामप्रसाद जोशी, उपाध्यक्षहरुमा बद्रीप्रसाद तिमिल्सिना र रोहित रेग्मी, महासचिवमा लक्ष्मीप्रसाद पाण्डेयलाई नियुक्त गरेको छ।
त्यस्तै, उपमहासचिवहरुमा लक्ष्मी ज्ञवाली र संगम पौडेल, सचिवहरुमा मीना मोक्तान, ईश्वर उप्रेती, लुजा श्रेष्ठ र अनिता श्रेष्ठ रहेका छन्। कोषाध्यक्षमा रविन्द्र चौलागाई, सह-कोषाध्यक्षमा श्रवणकुमार सिंह र अन्य केन्द्रीय सदस्यहरु पनि परिषद्ले नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।