इंग्ल्यान्ड– इंग्लिस क्लब एस्टन भिल्ला र बोल्टनका पूर्व डिफेन्डर जोलोइड सामुएलको कार दुर्घटनामा मृत्यु भएको छ। मंगलबार चेसाइरमा भएको दुर्घटनामा ३७ वर्षीय स्यामुएलको मृत्यु भएको हो
उनी हाल प्रिमियर लिगबहिरको क्लब इगर्टनको म्यानेजरको भूमिकामा थिए।
सन् १९९८ मा एस्टन भिल्लामा आवद्ध भएपछि उनले १ सय ९९ खेल खेलेका थिए। सन् २००७ देखि २०११ सम्म उनले बोल्टनको जर्सीबाट ८३ खेलमा सहभागिता जनाएका थिए। ट्रिनिडाड एन्ड टोवागोको लागि उनले २ खेल खेलेका छन् भने सन् २०११ देखि २०१५ सम्म क्लब फुटबल खेल्न इरान पुगेका थिए।
ट्रिनिडाड एन्ड टोवागो फुटबल एसोसियसनले सामुएल सवार कार विपरित दिशाबाट आएको सवारीसँग ठोकिएको जनाएको छ।
उनको निधनको खबरपछि एस्टन भिल्ला, बोल्टन, कार्डिफ सिटी, चार्लटन एथलेटिकलगायतका क्लब तथा खेलाडीहरुले दुःख व्यक्त गर्दै श्रदाञ्जली व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।