ad

सुन तस्करीको पक्षमा बहस गर्ने वकिल एक सय नाघे, शम्भु थापादेखि विपुलेन्द्र चक्रवर्तीसम्म

Nepal Live

काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा तस्करी र हत्याको आरोप लागेका व्यक्तिहरुका पक्षमा बहस गर्ने वकिलको संख्या एक सय नाघेको छ। 

मोरङ जिल्ला अदालतमा चलिरहेको बहसको तेस्रो दिन मंगलबारसम्म ३० जना अभियुक्तहरुको पक्षमा यति धेरै कानुन व्यवसायीहरुले बहसका लागि नाम लेखाएका हुन्। काठमाडौंबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, सुशील पन्त, विपुलेन्द्र चक्रवर्ती, रमण श्रेष्ठ, यदुनाथ खनाल लगायतका कानुन व्यवसायी छन्। 

गत शुक्रबारबाट उक्त मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको थियो। 

सरकारी वकिलका तर्फबाट ७ जनाले बहस गरेका थिए। आइतबार सरकारी वकिलको कार्यालयको बहसपछि प्रतीरक्षामा कानुन व्यवसायीहरु उत्रिएका हुन्। जिल्ला अदालतमा यो संख्या हालसम्मकै धेरै हो।

यो पनि : सुन तस्करी प्रकरण : अभियुक्तका वकिल भन्छन्- सुन नै आएको छैन, कसरी भयो तस्करी?

पहिलो दिन सुन तस्करी र हत्या प्रकरणमा जिल्ला अदालतमा बहसका लागि १० वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी ८० जनाले नाम लेखाएका थिए। पहिलो दिन आइतबार राजधानीबाट गएका वरिष्ठ अधिवक्ताहरुलाई पालो दिइएको थियो। सोमबार र मंगलबार २५ जना अधिवक्ताले आफ्नो पक्षको बचाउमा बहस गरे।

प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।

सरकारी वकिलको कार्यालय मोरङले गत बुधबार बहालवाला एसएसपी, अन्य प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विरुद्ध मुद्दा दायर गरेको थियो। 

मिलेमतोमा सुन तस्करी गर्ने चुडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्‍याएको दाबी गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।

प्राप्त प्रतिकृयाहरू

लोकेश श्रेष्ठ
तस्करीहरुले जिते पैसाको मुठो पाउने लोभ ले हुनु पर्छ । यस्तो देखिँदा नेपालमा कानुन ब्यावसायको लालचि पन धेरै देखियो ।

Ram
Yaso Desh Ma corrupts Lai punish garera system basaunu laako desh ka ucha nagrik haru ko maatra corrupts Lai Save garna badi dekhiye pachhi ama nepal le k garnay ? Aamamm janata le k garnay??? please for the god sake , for new nepal n for our off springs search your soul guys . C the outside world n our country . Don’t u want dream of our off spring future shinning in our own country ???? How Long we r going to cover those corrupts ???

Simkhada G.
हत्यारा र तस्करहरूलाइ जिताउदा १/१ किलो सुनपाइंछ की भन्ने लोभले हो कि! त्यसमा इनिहरूको समेत साइनो जोड़िएको छ कि,राम्रो संग अनुसंधान गर्नु पर्छ त्यसपछी थाहाहुनेथियो, यिनीहरूको हत्यारा र तस्करप्रतीकों मोह।

suraj
सुन तस्करको पैसामा वकिल ले पनि मोज गर्ने भएछन । । । । । ।लौ मोज गर !!!!!

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार