काठमाडौं- आइसिसीले पछिल्लो दशकको खेलका आधारमा टी ट्वान्टी, एकदिवसीय र टेस्ट क्रिकेटमा उत्कृष्ट खेलाडीको टिम छनोट गरेको छ। ‘आइसिसी टिम अफ दि डिकेड’ को नाममा गरिएको घोषणामा फरक विधाअनुरुप खेलाडी छानिएको हो।
जसमा ‘आइसिसी पुरुष टी ट्वान्टी अन्तर्राष्ट्रिय टिम अफ दि डिकेड’मा भारतका रोहित शर्मा, विराट कोहली, महेन्द्र सिंह धोनी र जसप्रित बुमराह परेका छन्। त्यससँगै वेस्ट इन्डिजका क्रिस गेल र कायरन पोलार्ड, अस्ट्रेलियाका आरोन फिन्च र ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकाका ए बि डि भिलियर्स, श्रीलंकाका लसिथ मालिंगा र अफगानिस्तानका रासिद खान रहेका छन्।
यस्तै ‘आइसिसी पुरुष एकदिवसीय टिम अफ दि डिकेड’मा भारतका रोहित शर्मा, विराट कोहली र महेन्द्रसिंह धोनीसहित अस्ट्रेलियाका डेभडि वार्नर र मिचेल स्टार्क, दक्षिण अफ्रिकाका एबि डी भिलियर्स र इमरान ताहिर, बंगलादेशका साकिब अल हसन, इंग्ल्यान्डका बेन स्टोक्स, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र श्रीलंकाका लसिथ मालिंगा छन्।
यस्तै ‘आइसिसी पुरुष टेस्ट टिम अफ दि डिकेड’मा इंग्ल्यान्डका एलेस्टर कुक, बेन स्टोक्स, स्टुआर्ट ब्रोड र जेम्स एन्डरसन छन्। यस्तै अस्ट्रेलियाका डेभिड वार्नर र स्टेभेन स्मिथ, श्रीलंकाका कुमार सांगाकारा, न्युजिल्यान्डका केन विलियम्सन, भारतका विराट कोहली र रविचन्द्र आश्विन, दक्षिण अफ्रिकाका डेल स्टेयन रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।