काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासहित पाँच खेलाडीलाई पछि पार्दै स्कटल्यान्डका काइल कोट्जरले ‘आइसिसी एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्ड जितेका छन्।
अवार्डका लागि मनोनयनमा पारससँगै स्कटल्यान्डकै क्यालम म्याकलाउड, रिची बेरिन्टन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्इान्ड्सका पिटर बोरेन पनि रहेका थिए।
आइसिसी एशोसिएट मान्यतामा रहेका देशका खेलाडीले एकदिवसीय, अन्तर्राष्ट्रिय टी ट्वान्टी र ५० ओभर लिग खेल, विश्वकप छनोट जस्ता प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा मनोनयन गरिएको थियो। जसमा समर्थकले समेत आइसिसीको वेबसाइटमार्फत भोट दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।